राक्सिराङ्गमा कोभिड १९ अस्पताल संचालनमा
हेटौंडा । मकवानपुरको रक्सिराङ गाउँपालिका वडा नं ५ ठाडेचुरीमा निर्माण गरिएको कोभिड अस्पताल उदघाटन गरिएको छ । जिल्ला समन्वय समितिले उपलब्ध गराएको ५० लाख बजेटमा निर्माण गरिएको २० शैय्या आइसोलेसनसहितको कोभिड अस्पताल उदघाटन गरिएको हो । सोमबार जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले रिबन काटेर सो अस्पताल भवनबाट सेवा प्रारम्भ भएको घोषणा गरे । उनले अस्पतालको बोर्ड अनावरण गर्नुका साथै अस्पताल परिसरमा वृक्षारोपण समेत गरे । राक्सिराङजस्तो ग्रामीण भुगोलमा स्वास्थ्य सेवाको सहज पहुँच विस्तार होस भन्ने उद्देश्यले अस्पताल बनाइएको उनले बताए ।...