गायक बिकाश लामाको "डिम्पल"गीतको म्युजिक भिडियो रिलिजको तयारीमा
हेटौंडा । मकवानपुरे कलाकार छिरिङ्ग दोर्जे लामाको शब्द/संगीतमा, बिकाश लामाको स्वर रहेको ‘’डिम्पल रहेछ गालामा " गीतको म्यूजिक भिडियो सार्वजनिक गर्ने तयारी गरिएको छ । केही समयअघि मात्र छायाँकन सकिएको भिडियोको अहिले धमाधम सम्पादन कार्य भईरहेको गायक बिकाश लामाले जानकारी दिएका छन् । गीतको म्यूजिक भिडियोलाई छिट्टै नै सार्वजनिक गर्ने तयारी गरिएको छ । एलिजा लामाको प्रस्तुुति रहेको उक्त गीतमा बिकाश लामाको आवाज रहेको छ । म्यूजिक भिडियोलाई एजे टिम हेटौंडा ले पोष्ट प्रोडक्सनको जिम्मा लिएको छ । म्यूजिक भिडियोमा , प्रकाश तितुङ, एलिजा लामा, सीता गोले मुन तामाङले अभिनय गरेका छन् । अजय वाईबाको सम्पादन निर्देशनमा बनेको म्यूजिक भिडियोमा अजय वाईबाले नै खिचेका हुन् । भिडियो हेर्नु लिंकमा क्लिक गर्नुहोस्