छिरिङ्गदोर्जे लामाको झ्याई-लासी ले चर्च बढुल्दै

हेटौंडा । मकवानपुरे कलाकार छिरिङ्ग दोर्जे लामाको शब्दमा रहेको तामाङ दोहोरी गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । हेटौंडा म्युजिक क्रियशन युट्युब च्यानलमार्फत


सार्वजनिक भएको छिरिङ्ग दोर्जेको झ्याई लासी गीतमा सञ्जीब वाईबा र बबिता पाख्रिनको आवाज सुन्न सकिन्छ ।  साम्तेन मोक्तानको संगीत रहेको यस गीतमा फणिन्द्र राईले एरेञ्ज गरेका हुन् । गीतको म्यूजिक भिडियोमा रोहन लामा, शशिकला स्याङ्तान, सुनिल मोक्तान र रिजा तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ । अमृत कुमार लुङ्बाको निर्देशनमा बनेको म्यूजिक भिडियोमा डिबी तामाङ सागरले कोरियोग्राफी गरेका हुन् भने बिजय लामाले खिचेका हुन् । म्यूजिक भिडियोलाई राजेश कुमारले सम्पादन गरेका हुन् ।भिडियो हेर्नु लिंकमा क्लिक गर्नुहोस्


Comments

Popular posts from this blog

आकाश लामाको देछेन शहुर गुम्बा म्युजिक भिडियो सार्बजनिक भिडियो लिंक सहित

कलाकार बुद्ध मोक्तानको अभिनयमा बिरानो सहर गितको म्युजिक भिडियो सार्बजनिक

राक्सिराङ्गमा कोभिड १९ अस्पताल संचालनमा