गायन, मोडलिङ्ग देखि निर्देशनसम्म फड्को मार्दै सागर डिबी लामा
हेटौंडा। नेपाली साँगीतिक क्षेत्रमा जम्ने सोच बोकेर लागि परेका सागर डिबी लामाले स्वदेशी माटोमै रहेर त आफ्नो रहर पुरा गर्न सकेनन् । तर बिदेशी भूमिमा पुगेपनि उनको रहर अधुरो हुन चाहीँ पाएन ।बैदेशिक रोजगारीको शिलशिलामा एक दशक भन्दा बढी समयदेखि खाडी मुलुक मलेशियामा रहेका सागर सुमधुर स्वरका धनी मानिन्छन् । आफैं छायाँकन तथा भिडियो निर्देशन गर्ने क्षमता समेत भएका उनी आफैं मोडलिङ समेत गर्छन् ।सिन्धुली जिल्लाको तीनपाटन गाउँपालिकाको वडा नं. १ अन्तर्गत छरछरे जन्मस्थान भएका सागर लोकदोहोरी तथा सेलो गीत समेत गाउँन माहिर छन् । भिडियो हेर्नु लिंकमा क्लिक गर्नुहोस्
रोदनी, चोट, जाउँ हिड मैच्याङ लगायतका गीतहरुमा स्वर दिई सकेका सागरले पछिल्लो समय भने मायाको सागर बोलको गीतको भिडियो बनाउँने तयारी थालेका छन् ।आफ्नै नामबाट सागर डिबी लामा अफिसियल च्यानल नामको युट्युव च्यानल खोलेका सागरले मायाको सागर बोलको गीतको अडियो भने उक्त च्यानलमा अपलोड गरेका छन् । उक्त गीतमा केरिया बुढाथोकीको शब्द रहेको छ भने बिन्दु बि.सी.सँग स्वर दिएका सागरले नै लय भरेका छन् ।पारिवारिक आर्थिक अवस्था नाजुक भएकोले बिदेशिनु परेको बताउँने सागरले पछिल्लो समयको लकडाउनले गर्दा अलिकति ओझेलिनु परेको बताए ।भिडियो हेर्न लिंकमा क्लिक गर्नुहोस्
thanks so much mungrekot
ReplyDelete🙏🙏🙏🙏
ReplyDelete