गायक प्रकाश सपूत लाई कोरोना पोजिटिभ ।

 लोकप्रिय लोकदोहोरी गायक प्रकाश सपुतलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनि केहि दिन देखि अस्वस्थ थिए।नया गीत’मेरो पनि हैन र यो देश’ बजारमा ल्याए संगै उनि बिरामी रहेको र आफु आराम गरिरहेको खबर बाहिर आएको थियो तर आज मात्र उनको पिसिआर रिपोर्ट मा कोरोना पोजिटिभ देखिएको छ । 


                                                                                                                                            काठमाण्डौ मेडिकल कलेज ( KMC) का अनुसार उनको स्वास्थ्य अबस्था सामान्यनै रहेको जानकारी आएको छ।लोकप्रियताको सिखरमा रहेका सपुतलाइ यो बेला सबैले स्वास्थ्य लाभको कामना गरिरहेका छन।काठमान्डौमै रहेका सपुत गत बर्षको कोरोनाको समयमा गृह जिल्ला बाग्लुङमै रहेका थिए।कोरोना आपतकालीन कोषमा समेत उनले सहयोग गरेका थिए।                                                                                                                                                              सपुतको जुन गीत आएपछि आम नेपालीको मन जित्ने बन्ने गरेको छ।उनले नमस्कार गीत बजारमा ल्याएर कोरोनाको सजकता अपनाउने बाटोको सुरुवात गरेका थिए भने अहिले यो देश मेरो पनि हैन र बोलको गीतले उस्तै संदेश छरेको छ। सपूतले आफ्नो साथीभाईलाइ सजक रहन अनुरोध समेत गरेका छन।कोरोनाले जुनसुकै समयमा अप्ठ्यारो पार्ने भन्दै आफु संग भेट भएका सबैले पिसिआर टेस्ट गर्न समेत अनुरोध गरेका छन।

प्रकाश सपूतले फेसबुकमा लेखेका छन :

अन्ततः काठमाण्डौ मेडिकल कलेज ( KMC) का अनुसार मेरो पिसिआर रिपोर्ट मा कोरोना पोजिटिभ देखिएको छ । सर्वप्रथम त यो बिचमा मेरो प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबै जनाले पिसिआर टेस्ट गर्नु होला । एकदमै धेरै शरिर दुख्ने/ गल्ने, छटपटि हुने, टाउको भारी हुने,घरीघरी श्वास बढ्ने र केहि हुन्छ कि जस्तो एन्जाईटि फिल भएपछि मैले पिसिआर टेस्ट गरेको थिए । म होम आईशुलेशनमा छु । अवस्था सामान्य छ । कोरोना जित्न सकिन्छ भन्ने आत्मबल त राखौ तर यसलाई सामान्य भने नठानौ ।

Comments

Popular posts from this blog

आकाश लामाको देछेन शहुर गुम्बा म्युजिक भिडियो सार्बजनिक भिडियो लिंक सहित

कलाकार बुद्ध मोक्तानको अभिनयमा बिरानो सहर गितको म्युजिक भिडियो सार्बजनिक

राक्सिराङ्गमा कोभिड १९ अस्पताल संचालनमा