Posts

राक्सिराङ्गमा कोभिड १९ अस्पताल संचालनमा

Image
 हेटौंडा । मकवानपुरको रक्सिराङ गाउँपालिका वडा नं ५ ठाडेचुरीमा निर्माण गरिएको कोभिड अस्पताल उदघाटन गरिएको छ । जिल्ला समन्वय समितिले उपलब्ध गराएको ५० लाख बजेटमा निर्माण गरिएको २० शैय्या आइसोलेसनसहितको कोभिड अस्पताल उदघाटन गरिएको हो ।                                                                                                                                   सोमबार जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले रिबन काटेर सो अस्पताल भवनबाट सेवा प्रारम्भ भएको घोषणा गरे । उनले अस्पतालको बोर्ड अनावरण गर्नुका साथै अस्पताल परिसरमा वृक्षारोपण समेत गरे । राक्सिराङजस्तो ग्रामीण भुगोलमा स्वास्थ्य सेवाको सहज पहुँच विस्तार होस भन्ने उद्देश्यले अस्पताल बनाइएको उनले बताए ।...

नेपाली काङ्ग्रेसले मकवानपुरको राक्सिराङ्ग गाउँपालिकालाई खाद्यान्न सहयोग

Image
हेटौंडा ।   मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाको दुई वडाका एक हजार घरपरिवारलाई नेपाली कांग्रेस मकवानपुरले खाद्य सामग्री सहयोग गरेको छ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँको समन्वयमा करिब २० लाख रुपैयाँ बराबरको सामग्री विहीबार गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ललाई हस्तान्तरण गरिएको हो ।  राक्सिराङ गाउँपालिकाको वडा नम्बर ९ को साविक खैराङ गाविसका ५ सय ५२ घरधुरी र ७ नम्बर वडाको धिराङ र दामराङका ४ सय ४८ गरिब विपन्न चेपाङ तथा तामाङ समूदायका स्थानीयलाई सहयोग गरिएको छ । हस्तान्तरण कार्यक्रमकी प्रमुख अतिथि केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले रोग र भोकले जनता छटपटाई रहेको बेला बर्तमान कम्युनिष्ट सरकार सत्ता जोगाउने खेलमा लागीरहेको तर नेपाली कांग्रेस मात्रै जनताको घरघरमा पुगेको बताउनुभयो । उहाँले नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता र शुभेच्छुकहरुमात्रै कोरोना रोगसँगै जन्मिएको भोकसँग लड्न जनताको घरदैलोमा पुगेको बताउनुभयो । यस्तो विषम परिस्थितिमा सरकार छ भन्ने अनुभूति जनताले गर्ने अवसरनै नपाएको दावी गर्दै उनले कम्यु...

राक्सिराङ्गमा भिरबाट लडेर एक महिलाको ज्यान गयो

Image
हेटौंडा ।  मकवानपुरको राक्सिराङ गाउपालिकामा भीरबाट लड्दा एक जनाको ज्यान गएको छ । वडा नं ६ सिलिङगेका ६८ वर्षिय सिरिमाया तामाङको भीरबाट लडेर ज्यान गएको हो । बुधबार साँझ भीरबाट लडेकी तामाङलाई उद्दार गरि चितवन मेडिकल कलेज सिएमसी लगिएको थियो । उपचारको क्रममा राति २ बजेतिर उनको मृत्यु भएको वडा अध्यक्ष सिगंलाल प्रजाले जानकारी दिनुभयो । तामाङ आफन्तको घर गई फर्कने क्रममा भीरबाट लडेको बताइएको छ । सो गाउँमा यसअघि पनि एक बृद्दको भीरबाट लडेर ज्यान गएको थियो ।

दिपकराज बिश्वकर्माको " बरी लै " म्युजिक भिडियो सार्बजनिक

Image
  हेटौंडा ।  गायक दिपकराज विश्वकर्माको आवाज रहेको ‘बरी लै’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । अडियो ल्याब स्टुडियोका प्रस्तुति रहेकोे ‘बरी लै’ बोलको गीतमा गायक दिपकराज विश्वकर्मा कै शब्द, संगीत र संगीत संयोजन पनि रहेको छ । सार्वजनिक भएको ‘बरी लै’ बोलको गीतमा रगंकर्मी कृष्ण खड्कासँगै अजिता विश्वकर्मा र बाल कलाकार अभिषा धितालको अभिनय रहेको छ । बैदेशिक रोजगारी जाने बेदनालाई समेटिएको गीतको भिडियोमा धिरज राना मगरको कथा अनि सह–निर्देशनमा बनेको गीतको भिडियोलाई गायक दिपकराज विश्वकर्मा स्वयंले निर्देशन गर्नुभएको छ । दुर्गा श्रेष्ठको छायाकंन रहेको गीतमा बिकास दाहालको सम्पादन रहेको छ ।                                                                        भिडियो हेर्नु   लिंकमा क्लिक   गर्नुहोस्   

कलाकार बुद्ध मोक्तानको अभिनयमा बिरानो सहर गितको म्युजिक भिडियो सार्बजनिक

Image
  हेटौंडा ।  अचेल साङ्गितिक बजारमा तडक भडक र रोमान्टिक गीतहरुले मात्र स्थान पाईरहेको बेला अति नै मार्मिक आधुनिक गीत विरानो सहर सार्वजनिक भएको छ । दैनिक मजदुरी गर्दा पनि अभाव उस्तै रहेको आम सर्वहारा नेपालीको कथा बोकेको विरानो सहरलाई अनिल ढकालले लेखेका हुन् । विष्णुकुमारी मोक्तान, बुद्ध मोक्तान, शरण हुमागाईं, विकास मगराती, उर्मिला मोक्तान लगायतका कलाकारले गीतमा भनिए जस्तै बास्तविकता झल्काउने प्रयास अभिनय मार्फत गरेका छन् । विकास मगरातीको सुमधुर आवाजमा तयार भएको यो गीतको संगीत विष्णु तामाङले गरेका हुन् । ललितपुरका विभिन्न रमणीय स्थानमा दृश्यांकन गरिएको यो गीतलाई प्रबेश राईले खिचेका हुन । मदन न्यौपानेको श्रृंगार, प्रबेश राईको सम्पादन रहेको विरानो सहरलाई शरण हुमागाईंले निर्देशन गरेका हुन् । भिडियो हेर्नु   लिंकमा क्लिक   गर्नुहोस्                                  

कलाकार बुद्ध मोक्तानको हृदय विदारक अभिनयमा बिरानो सहर गित सार्बजनिक

Image
हेटौंडा ।  अचेल साङ्गितिक बजारमा तडक भडक र रोमान्टिक गीतहरुले मात्र स्थान पाईरहेको बेला अति नै मार्मिक आधुनिक गीत विरानो सहर सार्वजनिक भएको छ । दैनिक मजदुरी गर्दा पनि अभाव उस्तै रहेको आम सर्वहारा नेपालीको कथा बोकेको विरानो सहरलाई अनिल ढकालले लेखेका हुन् । विष्णुकुमारी मोक्तान, बुद्ध मोक्तान, शरण हुमागाईं, विकास मगराती, उर्मिला मोक्तान लगायतका कलाकारले गीतमा भनिए जस्तै बास्तविकता झल्काउने प्रयास अभिनय मार्फत गरेका छन् । विकास मगरातीको सुमधुर आवाजमा तयार भएको यो गीतको संगीत विष्णु तामाङले गरेका हुन् । ललितपुरका विभिन्न रमणीय स्थानमा दृश्यांकन गरिएको यो गीतलाई प्रबेश राईले खिचेका हुन । मदन न्यौपानेको श्रृंगार, प्रबेश राईको सम्पादन रहेको विरानो सहरलाई शरण हुमागाईंले निर्देशन गरेका हुन् ।               भिडियो हेर्नु   लिंकमा क्लिक   गर्नुहोस्                   

हार्दिक बधाई : यी ब्यक्तिहरुले गरे अक्सिजन सहितको निशुल्क एम्बुलेन्स सेवा ।

Image
 भ्रष्टाचारविरोधी नागरिक अभियन्ता ज्ञानेन्द्र शाही लेख्छन्, आज बाट हामिले काठमाडौ उपत्यकामा 24 सै घण्टा निशुल्क कोभिड एबुलेन्स सेवा (साथमा अक्सिजन )सहित सन्चालन गरेका छौ सम्पर्क नम्बर 9851277342 ,9851239342, 9851312417 कृपया जस्को निजि सावारी साधन छैन जो एबुलेन्सको खर्च तिर्न सक्नु हुन्न उहाँहरुले सम्पर्क गर्नु होला ।                                                                                        यो कार्यक्रम संचालकहरु सबैलाई धन्यवाद १) ॐ समाज डेन्टल अस्पताल २) सर्बेन्द खनाल ( पुर्ब आईजिपी नेपाल प्रहरी ) ३) ज्ञानेन्द्र शाही ( हाम्रो नेपाल हामी नेपाली संयोजक ) ४) पाईलट बिजय लामा ( क्याप्टेन नेपाल वायु सेवा ) ५) निखिल उप्रेती ( नेपाली सिनेमामा suparstar नायक ) ६) केदार घिमिरे” माग्ने बुढा “( कलाकार ) ७) डा:सुबास घिमिरे ८ ) कर्ण बहादुर शाही ( पुर्ब अध्यक्ष एन प...