Posts

राक्सिराङ्गमा भिरबाट लडेर एक महिलाको ज्यान गयो

Image
हेटौंडा ।  मकवानपुरको राक्सिराङ गाउपालिकामा भीरबाट लड्दा एक जनाको ज्यान गएको छ । वडा नं ६ सिलिङगेका ६८ वर्षिय सिरिमाया तामाङको भीरबाट लडेर ज्यान गएको हो । बुधबार साँझ भीरबाट लडेकी तामाङलाई उद्दार गरि चितवन मेडिकल कलेज सिएमसी लगिएको थियो । उपचारको क्रममा राति २ बजेतिर उनको मृत्यु भएको वडा अध्यक्ष सिगंलाल प्रजाले जानकारी दिनुभयो । तामाङ आफन्तको घर गई फर्कने क्रममा भीरबाट लडेको बताइएको छ । सो गाउँमा यसअघि पनि एक बृद्दको भीरबाट लडेर ज्यान गएको थियो ।

दिपकराज बिश्वकर्माको " बरी लै " म्युजिक भिडियो सार्बजनिक

Image
  हेटौंडा ।  गायक दिपकराज विश्वकर्माको आवाज रहेको ‘बरी लै’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । अडियो ल्याब स्टुडियोका प्रस्तुति रहेकोे ‘बरी लै’ बोलको गीतमा गायक दिपकराज विश्वकर्मा कै शब्द, संगीत र संगीत संयोजन पनि रहेको छ । सार्वजनिक भएको ‘बरी लै’ बोलको गीतमा रगंकर्मी कृष्ण खड्कासँगै अजिता विश्वकर्मा र बाल कलाकार अभिषा धितालको अभिनय रहेको छ । बैदेशिक रोजगारी जाने बेदनालाई समेटिएको गीतको भिडियोमा धिरज राना मगरको कथा अनि सह–निर्देशनमा बनेको गीतको भिडियोलाई गायक दिपकराज विश्वकर्मा स्वयंले निर्देशन गर्नुभएको छ । दुर्गा श्रेष्ठको छायाकंन रहेको गीतमा बिकास दाहालको सम्पादन रहेको छ ।                                                                        भिडियो हेर्नु   लिंकमा क्लिक   गर्नुहोस्   

कलाकार बुद्ध मोक्तानको अभिनयमा बिरानो सहर गितको म्युजिक भिडियो सार्बजनिक

Image
  हेटौंडा ।  अचेल साङ्गितिक बजारमा तडक भडक र रोमान्टिक गीतहरुले मात्र स्थान पाईरहेको बेला अति नै मार्मिक आधुनिक गीत विरानो सहर सार्वजनिक भएको छ । दैनिक मजदुरी गर्दा पनि अभाव उस्तै रहेको आम सर्वहारा नेपालीको कथा बोकेको विरानो सहरलाई अनिल ढकालले लेखेका हुन् । विष्णुकुमारी मोक्तान, बुद्ध मोक्तान, शरण हुमागाईं, विकास मगराती, उर्मिला मोक्तान लगायतका कलाकारले गीतमा भनिए जस्तै बास्तविकता झल्काउने प्रयास अभिनय मार्फत गरेका छन् । विकास मगरातीको सुमधुर आवाजमा तयार भएको यो गीतको संगीत विष्णु तामाङले गरेका हुन् । ललितपुरका विभिन्न रमणीय स्थानमा दृश्यांकन गरिएको यो गीतलाई प्रबेश राईले खिचेका हुन । मदन न्यौपानेको श्रृंगार, प्रबेश राईको सम्पादन रहेको विरानो सहरलाई शरण हुमागाईंले निर्देशन गरेका हुन् । भिडियो हेर्नु   लिंकमा क्लिक   गर्नुहोस्                                  

कलाकार बुद्ध मोक्तानको हृदय विदारक अभिनयमा बिरानो सहर गित सार्बजनिक

Image
हेटौंडा ।  अचेल साङ्गितिक बजारमा तडक भडक र रोमान्टिक गीतहरुले मात्र स्थान पाईरहेको बेला अति नै मार्मिक आधुनिक गीत विरानो सहर सार्वजनिक भएको छ । दैनिक मजदुरी गर्दा पनि अभाव उस्तै रहेको आम सर्वहारा नेपालीको कथा बोकेको विरानो सहरलाई अनिल ढकालले लेखेका हुन् । विष्णुकुमारी मोक्तान, बुद्ध मोक्तान, शरण हुमागाईं, विकास मगराती, उर्मिला मोक्तान लगायतका कलाकारले गीतमा भनिए जस्तै बास्तविकता झल्काउने प्रयास अभिनय मार्फत गरेका छन् । विकास मगरातीको सुमधुर आवाजमा तयार भएको यो गीतको संगीत विष्णु तामाङले गरेका हुन् । ललितपुरका विभिन्न रमणीय स्थानमा दृश्यांकन गरिएको यो गीतलाई प्रबेश राईले खिचेका हुन । मदन न्यौपानेको श्रृंगार, प्रबेश राईको सम्पादन रहेको विरानो सहरलाई शरण हुमागाईंले निर्देशन गरेका हुन् ।               भिडियो हेर्नु   लिंकमा क्लिक   गर्नुहोस्                   

हार्दिक बधाई : यी ब्यक्तिहरुले गरे अक्सिजन सहितको निशुल्क एम्बुलेन्स सेवा ।

Image
 भ्रष्टाचारविरोधी नागरिक अभियन्ता ज्ञानेन्द्र शाही लेख्छन्, आज बाट हामिले काठमाडौ उपत्यकामा 24 सै घण्टा निशुल्क कोभिड एबुलेन्स सेवा (साथमा अक्सिजन )सहित सन्चालन गरेका छौ सम्पर्क नम्बर 9851277342 ,9851239342, 9851312417 कृपया जस्को निजि सावारी साधन छैन जो एबुलेन्सको खर्च तिर्न सक्नु हुन्न उहाँहरुले सम्पर्क गर्नु होला ।                                                                                        यो कार्यक्रम संचालकहरु सबैलाई धन्यवाद १) ॐ समाज डेन्टल अस्पताल २) सर्बेन्द खनाल ( पुर्ब आईजिपी नेपाल प्रहरी ) ३) ज्ञानेन्द्र शाही ( हाम्रो नेपाल हामी नेपाली संयोजक ) ४) पाईलट बिजय लामा ( क्याप्टेन नेपाल वायु सेवा ) ५) निखिल उप्रेती ( नेपाली सिनेमामा suparstar नायक ) ६) केदार घिमिरे” माग्ने बुढा “( कलाकार ) ७) डा:सुबास घिमिरे ८ ) कर्ण बहादुर शाही ( पुर्ब अध्यक्ष एन प...

गायक प्रकाश सपूत लाई कोरोना पोजिटिभ ।

Image
 लोकप्रिय लोकदोहोरी गायक प्रकाश सपुतलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनि केहि दिन देखि अस्वस्थ थिए।नया गीत’मेरो पनि हैन र यो देश’ बजारमा ल्याए संगै उनि बिरामी रहेको र आफु आराम गरिरहेको खबर बाहिर आएको थियो तर आज मात्र उनको पिसिआर रिपोर्ट मा कोरोना पोजिटिभ देखिएको छ ।                                                                                                                                              काठमाण्डौ मेडिकल कलेज ( KMC) का अनुसार उनको स्वास्थ्य अबस्था सामान्यनै रहेको जानकारी आएको छ।लोकप्रियताको सिखरमा रहेका सपुतलाइ यो बेला सबैले स्वास्थ्य लाभको कामना गरिरहेका छन।काठमान्डौमै रहेका सपुत गत बर्षको कोरोनाको समयमा गृह जिल्ल...

साम्तेन मोक्तानको निजगढ फिलिङ्लिङ ले चर्च बटुल्दै भिडियो सहित

Image
  हेटौंडा  । गायक तथा संगीतकार साम्तेन मोक्तान र गायिका बबिता पाख्रिनको नयाँ तामाङ सेलो गीत ‘निजगढ फिलिङलिङ’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । यसअघि अडियो भर्सनमात्र सार्वजनिक भएको गीतलाई म्यूजिक भिडियो सहित ३ नोभेम्बर २०२० मा सार्वजनिक गरिएको हो ।                                                                                                              म्युजिक भिडियोलाई गायक साम्तेन मोक्तानकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । यस अघि यस गीतको अडियो भर्सन सेप्टेम्बर १०, २०२० मा गायक मोक्तानकै अफिसियल युट्युब च्यानलबाट नै सार्वजनिक गरिएको थियो ।                                          ...