Posts

गायक बुद्ध मोक्तानको "पाल्पा तान्सेन" म्युजिक भिडियो सार्बजनिक

Image
  हेटौंडा |  मकवानपुरे युवा गायक बुद्ध मोक्तान र गायिका शसिकला मोक्तानको स्वरमा रहेको “पाल्पा तानसेन” बोलको गीत सार्वजनिक भएको छ । आईतबार बुद्ध मोक्तानको अफिसियल युट्युव च्यानलबाट गीत सार्वजनिक गरेको हो । भोजु रुचालको शब्द र विष्णु तामाङ्गको संगितमा संकरा डिजिटल स्टुडियोमा उक्त गीत रेकर्ड गरेको हो । गीतलाई कुमार सानु पुनले मिक्सिङ गरेका छन् भने सागर पुन मगरले रेकर्ड  र  प्रवेश  राईले सम्पादन गरेका छन् ।गरेका छन् । गीत पाल्पा जिल्लाको ऐतिहासिक विषय वस्तुहरुलाई समेटिएर तयार पारिएको छ ।  गीतको भिडियो भने रेकर्डिङ स्टुडियोमा नै तयार पारिएको छ ।          भिडियो हेर्नु   लिंकमा क्लिक   गर्नुहोस्               

राक्सिराङ्गमा कोभिड १९ अस्पताल संचालनमा

Image
 हेटौंडा । मकवानपुरको रक्सिराङ गाउँपालिका वडा नं ५ ठाडेचुरीमा निर्माण गरिएको कोभिड अस्पताल उदघाटन गरिएको छ । जिल्ला समन्वय समितिले उपलब्ध गराएको ५० लाख बजेटमा निर्माण गरिएको २० शैय्या आइसोलेसनसहितको कोभिड अस्पताल उदघाटन गरिएको हो ।                                                                                                                                   सोमबार जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले रिबन काटेर सो अस्पताल भवनबाट सेवा प्रारम्भ भएको घोषणा गरे । उनले अस्पतालको बोर्ड अनावरण गर्नुका साथै अस्पताल परिसरमा वृक्षारोपण समेत गरे । राक्सिराङजस्तो ग्रामीण भुगोलमा स्वास्थ्य सेवाको सहज पहुँच विस्तार होस भन्ने उद्देश्यले अस्पताल बनाइएको उनले बताए ।...

नेपाली काङ्ग्रेसले मकवानपुरको राक्सिराङ्ग गाउँपालिकालाई खाद्यान्न सहयोग

Image
हेटौंडा ।   मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाको दुई वडाका एक हजार घरपरिवारलाई नेपाली कांग्रेस मकवानपुरले खाद्य सामग्री सहयोग गरेको छ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँको समन्वयमा करिब २० लाख रुपैयाँ बराबरको सामग्री विहीबार गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ललाई हस्तान्तरण गरिएको हो ।  राक्सिराङ गाउँपालिकाको वडा नम्बर ९ को साविक खैराङ गाविसका ५ सय ५२ घरधुरी र ७ नम्बर वडाको धिराङ र दामराङका ४ सय ४८ गरिब विपन्न चेपाङ तथा तामाङ समूदायका स्थानीयलाई सहयोग गरिएको छ । हस्तान्तरण कार्यक्रमकी प्रमुख अतिथि केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले रोग र भोकले जनता छटपटाई रहेको बेला बर्तमान कम्युनिष्ट सरकार सत्ता जोगाउने खेलमा लागीरहेको तर नेपाली कांग्रेस मात्रै जनताको घरघरमा पुगेको बताउनुभयो । उहाँले नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता र शुभेच्छुकहरुमात्रै कोरोना रोगसँगै जन्मिएको भोकसँग लड्न जनताको घरदैलोमा पुगेको बताउनुभयो । यस्तो विषम परिस्थितिमा सरकार छ भन्ने अनुभूति जनताले गर्ने अवसरनै नपाएको दावी गर्दै उनले कम्यु...

राक्सिराङ्गमा भिरबाट लडेर एक महिलाको ज्यान गयो

Image
हेटौंडा ।  मकवानपुरको राक्सिराङ गाउपालिकामा भीरबाट लड्दा एक जनाको ज्यान गएको छ । वडा नं ६ सिलिङगेका ६८ वर्षिय सिरिमाया तामाङको भीरबाट लडेर ज्यान गएको हो । बुधबार साँझ भीरबाट लडेकी तामाङलाई उद्दार गरि चितवन मेडिकल कलेज सिएमसी लगिएको थियो । उपचारको क्रममा राति २ बजेतिर उनको मृत्यु भएको वडा अध्यक्ष सिगंलाल प्रजाले जानकारी दिनुभयो । तामाङ आफन्तको घर गई फर्कने क्रममा भीरबाट लडेको बताइएको छ । सो गाउँमा यसअघि पनि एक बृद्दको भीरबाट लडेर ज्यान गएको थियो ।

दिपकराज बिश्वकर्माको " बरी लै " म्युजिक भिडियो सार्बजनिक

Image
  हेटौंडा ।  गायक दिपकराज विश्वकर्माको आवाज रहेको ‘बरी लै’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । अडियो ल्याब स्टुडियोका प्रस्तुति रहेकोे ‘बरी लै’ बोलको गीतमा गायक दिपकराज विश्वकर्मा कै शब्द, संगीत र संगीत संयोजन पनि रहेको छ । सार्वजनिक भएको ‘बरी लै’ बोलको गीतमा रगंकर्मी कृष्ण खड्कासँगै अजिता विश्वकर्मा र बाल कलाकार अभिषा धितालको अभिनय रहेको छ । बैदेशिक रोजगारी जाने बेदनालाई समेटिएको गीतको भिडियोमा धिरज राना मगरको कथा अनि सह–निर्देशनमा बनेको गीतको भिडियोलाई गायक दिपकराज विश्वकर्मा स्वयंले निर्देशन गर्नुभएको छ । दुर्गा श्रेष्ठको छायाकंन रहेको गीतमा बिकास दाहालको सम्पादन रहेको छ ।                                                                        भिडियो हेर्नु   लिंकमा क्लिक   गर्नुहोस्   

कलाकार बुद्ध मोक्तानको अभिनयमा बिरानो सहर गितको म्युजिक भिडियो सार्बजनिक

Image
  हेटौंडा ।  अचेल साङ्गितिक बजारमा तडक भडक र रोमान्टिक गीतहरुले मात्र स्थान पाईरहेको बेला अति नै मार्मिक आधुनिक गीत विरानो सहर सार्वजनिक भएको छ । दैनिक मजदुरी गर्दा पनि अभाव उस्तै रहेको आम सर्वहारा नेपालीको कथा बोकेको विरानो सहरलाई अनिल ढकालले लेखेका हुन् । विष्णुकुमारी मोक्तान, बुद्ध मोक्तान, शरण हुमागाईं, विकास मगराती, उर्मिला मोक्तान लगायतका कलाकारले गीतमा भनिए जस्तै बास्तविकता झल्काउने प्रयास अभिनय मार्फत गरेका छन् । विकास मगरातीको सुमधुर आवाजमा तयार भएको यो गीतको संगीत विष्णु तामाङले गरेका हुन् । ललितपुरका विभिन्न रमणीय स्थानमा दृश्यांकन गरिएको यो गीतलाई प्रबेश राईले खिचेका हुन । मदन न्यौपानेको श्रृंगार, प्रबेश राईको सम्पादन रहेको विरानो सहरलाई शरण हुमागाईंले निर्देशन गरेका हुन् । भिडियो हेर्नु   लिंकमा क्लिक   गर्नुहोस्                                  

कलाकार बुद्ध मोक्तानको हृदय विदारक अभिनयमा बिरानो सहर गित सार्बजनिक

Image
हेटौंडा ।  अचेल साङ्गितिक बजारमा तडक भडक र रोमान्टिक गीतहरुले मात्र स्थान पाईरहेको बेला अति नै मार्मिक आधुनिक गीत विरानो सहर सार्वजनिक भएको छ । दैनिक मजदुरी गर्दा पनि अभाव उस्तै रहेको आम सर्वहारा नेपालीको कथा बोकेको विरानो सहरलाई अनिल ढकालले लेखेका हुन् । विष्णुकुमारी मोक्तान, बुद्ध मोक्तान, शरण हुमागाईं, विकास मगराती, उर्मिला मोक्तान लगायतका कलाकारले गीतमा भनिए जस्तै बास्तविकता झल्काउने प्रयास अभिनय मार्फत गरेका छन् । विकास मगरातीको सुमधुर आवाजमा तयार भएको यो गीतको संगीत विष्णु तामाङले गरेका हुन् । ललितपुरका विभिन्न रमणीय स्थानमा दृश्यांकन गरिएको यो गीतलाई प्रबेश राईले खिचेका हुन । मदन न्यौपानेको श्रृंगार, प्रबेश राईको सम्पादन रहेको विरानो सहरलाई शरण हुमागाईंले निर्देशन गरेका हुन् ।               भिडियो हेर्नु   लिंकमा क्लिक   गर्नुहोस्                   

हार्दिक बधाई : यी ब्यक्तिहरुले गरे अक्सिजन सहितको निशुल्क एम्बुलेन्स सेवा ।

Image
 भ्रष्टाचारविरोधी नागरिक अभियन्ता ज्ञानेन्द्र शाही लेख्छन्, आज बाट हामिले काठमाडौ उपत्यकामा 24 सै घण्टा निशुल्क कोभिड एबुलेन्स सेवा (साथमा अक्सिजन )सहित सन्चालन गरेका छौ सम्पर्क नम्बर 9851277342 ,9851239342, 9851312417 कृपया जस्को निजि सावारी साधन छैन जो एबुलेन्सको खर्च तिर्न सक्नु हुन्न उहाँहरुले सम्पर्क गर्नु होला ।                                                                                        यो कार्यक्रम संचालकहरु सबैलाई धन्यवाद १) ॐ समाज डेन्टल अस्पताल २) सर्बेन्द खनाल ( पुर्ब आईजिपी नेपाल प्रहरी ) ३) ज्ञानेन्द्र शाही ( हाम्रो नेपाल हामी नेपाली संयोजक ) ४) पाईलट बिजय लामा ( क्याप्टेन नेपाल वायु सेवा ) ५) निखिल उप्रेती ( नेपाली सिनेमामा suparstar नायक ) ६) केदार घिमिरे” माग्ने बुढा “( कलाकार ) ७) डा:सुबास घिमिरे ८ ) कर्ण बहादुर शाही ( पुर्ब अध्यक्ष एन प...

गायक प्रकाश सपूत लाई कोरोना पोजिटिभ ।

Image
 लोकप्रिय लोकदोहोरी गायक प्रकाश सपुतलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनि केहि दिन देखि अस्वस्थ थिए।नया गीत’मेरो पनि हैन र यो देश’ बजारमा ल्याए संगै उनि बिरामी रहेको र आफु आराम गरिरहेको खबर बाहिर आएको थियो तर आज मात्र उनको पिसिआर रिपोर्ट मा कोरोना पोजिटिभ देखिएको छ ।                                                                                                                                              काठमाण्डौ मेडिकल कलेज ( KMC) का अनुसार उनको स्वास्थ्य अबस्था सामान्यनै रहेको जानकारी आएको छ।लोकप्रियताको सिखरमा रहेका सपुतलाइ यो बेला सबैले स्वास्थ्य लाभको कामना गरिरहेका छन।काठमान्डौमै रहेका सपुत गत बर्षको कोरोनाको समयमा गृह जिल्ल...

साम्तेन मोक्तानको निजगढ फिलिङ्लिङ ले चर्च बटुल्दै भिडियो सहित

Image
  हेटौंडा  । गायक तथा संगीतकार साम्तेन मोक्तान र गायिका बबिता पाख्रिनको नयाँ तामाङ सेलो गीत ‘निजगढ फिलिङलिङ’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । यसअघि अडियो भर्सनमात्र सार्वजनिक भएको गीतलाई म्यूजिक भिडियो सहित ३ नोभेम्बर २०२० मा सार्वजनिक गरिएको हो ।                                                                                                              म्युजिक भिडियोलाई गायक साम्तेन मोक्तानकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । यस अघि यस गीतको अडियो भर्सन सेप्टेम्बर १०, २०२० मा गायक मोक्तानकै अफिसियल युट्युब च्यानलबाट नै सार्वजनिक गरिएको थियो ।                                          ...

काठमाडौं उपत्यकामा नयाँ नियम लागु , भोलि बाट लक डाउन सुरु

Image
 कोरोना संक्रमणको नयाँ हटस्पट काठमाडौं उपत्यका बनेको बनेको छ। दोस्रो चरणको कोरोना महामारी फैलिएको नेपालमा पछिल्लो एक हप्तामा सबैभन्दा बढी काठमाडौं, ललितपुर र भक्तपुरमा संक्रमित फेला परेका छन्। पछिल्लो एक हप्तादेखि उपत्यकामा निरन्तर संक्रमण बढिरहेको छ।       उपत्यकामा सोमबार एकैदिन झण्डै दुई हजार संक्रमित भेटिएका छन्। जसमा काठमाडौंमा मात्र पछिल्लो २४ घण्टामा १५ सय ६७ मा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए। उनका अनुसार सोमबार एकैदिन उपत्यकाका ३ जिल्लामा १९ सय १२ संक्रमित फेला परेका छन्।         त्यसमध्ये ललितपुरमा २ सय २३ र भक्तपुरमा १२२ जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।                   उपत्यकामा रहेका वीर, पाटन, सिभिल, त्रिवि शिक्षण अस्पताल र केही निजी अस्पतालका बेड बिरामीले भरिएको छ। आइसोलेसन भरिभराउ छ। अक्सिजनको अभाव हुन थालेको पाटन अस्पतालका डा. रवि...

गायक बिकाश लामाको "डिम्पल"गीतको म्युजिक भिडियो रिलिजको तयारीमा

Image
  हेटौंडा  । मकवानपुरे कलाकार छिरिङ्ग दोर्जे लामाको शब्द/संगीतमा, बिकाश लामाको स्वर रहेको ‘’डिम्पल रहेछ गालामा " गीतको म्यूजिक भिडियो सार्वजनिक गर्ने तयारी गरिएको छ । केही समयअघि मात्र छायाँकन सकिएको भिडियोको अहिले धमाधम सम्पादन कार्य भईरहेको गायक बिकाश लामाले  जानकारी दिएका छन् ।  गीतको म्यूजिक भिडियोलाई छिट्टै नै सार्वजनिक गर्ने तयारी गरिएको छ । एलिजा लामाको  प्रस्तुुति रहेको उक्त गीतमा बिकाश लामाको आवाज रहेको छ । म्यूजिक भिडियोलाई एजे टिम हेटौंडा ले  पोष्ट प्रोडक्सनको जिम्मा लिएको छ । म्यूजिक भिडियोमा , प्रकाश तितुङ, एलिजा लामा, सीता गोले मुन तामाङले अभिनय गरेका छन् । अजय वाईबाको सम्पादन निर्देशनमा बनेको म्यूजिक भिडियोमा अजय वाईबाले नै खिचेका हुन् ।     भिडियो हेर्नु   लिंकमा क्लिक   गर्नुहोस् 

बैरागी च्याङ्बाको "घुम्नलाई आको म च्याङ्बा " भिडियो सहित

Image
  हेटौंडा  । बाह्रबिसे तामाङ शेर्पा सेलो का अध्यक्ष बैरागी च्याङ्बाको " घुम्नलाई आको म च्याङ्बा " तामाङ सेलो गीतको Lyrical भिडियो सार्वजनिक भएको छ । बैरागी च्याङ्बा अफिसियल  युट्युब  च्यानलमार्फत सार्वजनिक भएको छ ।। गीतमा बैरागी च्याङ्बा र शशिकला मोक्तानको आवाज सुन्न सकिन्छ ।  बैरागी च्याङ्बाको शब्द।साम्तेन मोक्तानको संगीत रहेको छन् भने निर्माता याङ ल्हामु शेर्पा र निमा शेर्पा रहेका छन् ।  यस गीतमा सानुबानु घिसिङले एरेञ्ज मिक्सिङ गरेका हुन् ।  भिडियो हेर्नु   लिंकमा क्लिक   गर्नुहोस् 

आकाश लामाको देछेन शहुर गुम्बा म्युजिक भिडियो सार्बजनिक भिडियो लिंक सहित

Image
हेटौंडा | आकाश लामाको " देछेन शहुर गुम्बा" तामाङ सेलो गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । हेटौंडा म्युजिक क्रियशन युट्युब  च्यानलमार्फत सार्वजनिक भएको छ।गीतमा आकाश लामा र बालिका तामाङको आवाज सुन्न सकिन्छ ।  आकाश लामाको शब्द अनि छिरिङ्गदोर्जे लामाको संगीत    रहेको यस गीतमा कर्साङ लामाले एरेञ्ज गरेका हुन् । गीतको म्यूजिक भिडियोमा : प्रेम लामा फुलमाया थिङ आकाश लामा र सीता गोले लगायतका कलाकारहरुको अभिनय रहेको छन्  । अमृत कुमार लुङ्बाको निर्देशनमा बनेको म्यूजिक भिडियोमा कृष्ण तामाङ ले कोरियोग्राफी गरेका हुन् भने अजय वाईबाले खिचेका हुन् । म्यूजिक भिडियोलाई अजय वाईबा AJ Team Hetauda ले सम्पादन गरेका हुन् ।  भिडियो हेर्नु   लिंकमा क्लिक   गर्नुहोस् 

गायन, मोडलिङ्ग देखि निर्देशनसम्म फड्को मार्दै सागर डिबी लामा

Image
  हेटौंडा ।   नेपाली साँगीतिक क्षेत्रमा जम्ने सोच बोकेर लागि परेका सागर डिबी लामाले स्वदेशी माटोमै रहेर त आफ्नो रहर पुरा गर्न सकेनन् । तर बिदेशी भूमिमा पुगेपनि उनको रहर अधुरो हुन चाहीँ पाएन ।बैदेशिक रोजगारीको शिलशिलामा एक दशक भन्दा बढी समयदेखि खाडी मुलुक मलेशियामा रहेका सागर सुमधुर स्वरका धनी मानिन्छन् । आफैं छायाँकन तथा भिडियो निर्देशन गर्ने क्षमता समेत भएका उनी आफैं मोडलिङ समेत गर्छन् ।सिन्धुली जिल्लाको तीनपाटन गाउँपालिकाको वडा नं. १ अन्तर्गत छरछरे जन्मस्थान भएका सागर लोकदोहोरी तथा सेलो गीत समेत गाउँन माहिर छन् ।  भिडियो हेर्नु   लिंकमा क्लिक   गर्नुहोस्  रोदनी, चोट, जाउँ हिड मैच्याङ लगायतका गीतहरुमा स्वर दिई सकेका सागरले पछिल्लो समय भने मायाको सागर बोलको गीतको भिडियो बनाउँने तयारी थालेका छन् ।आफ्नै नामबाट सागर डिबी लामा अफिसियल च्यानल नामको युट्युव च्यानल खोलेका सागरले मायाको सागर बोलको गीतको अडियो भने उक्त च्यानलमा अपलोड गरेका छन् । उक्त गीतमा केरिया बुढाथोकीको शब्द रहेको छ भने बिन्दु बि.सी.सँग स्वर दिएका सागरले नै लय भरेका छन् ।पारिवारिक आर्थिक अवस्था ...

छिरिङ्गदोर्जे लामाको झ्याई-लासी ले चर्च बढुल्दै

Image
हेटौंडा  । मकवानपुरे कलाकार छिरिङ्ग दोर्जे लामाको शब्दमा रहेको तामाङ दोहोरी गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । हेटौंडा म्युजिक क्रियशन युट्युब च्यानलमार्फत सार्वजनिक भएको छिरिङ्ग दोर्जेको झ्याई लासी गीतमा सञ्जीब वाईबा र बबिता पाख्रिनको आवाज सुन्न सकिन्छ ।  साम्तेन मोक्तानको संगीत रहेको यस गीतमा फणिन्द्र राईले एरेञ्ज गरेका हुन् । गीतको म्यूजिक भिडियोमा रोहन लामा, शशिकला स्याङ्तान, सुनिल मोक्तान र रिजा तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ । अमृत कुमार लुङ्बाको निर्देशनमा बनेको म्यूजिक भिडियोमा डिबी तामाङ सागरले कोरियोग्राफी गरेका हुन् भने बिजय लामाले खिचेका हुन् । म्यूजिक भिडियोलाई राजेश कुमारले सम्पादन गरेका हुन् । भिडियो हेर्नु   लिंकमा क्लिक   गर्नुहोस्